अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने सबै निर्वाचनमा पनि सहमति गरेर अघि बढ्ने बताउनुभएकाे छ ।
अध्यक्ष नेपालले राष्ट्रियसभा, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरू दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्ने बताउनुभएकाे हाे ।
एकीकृत समाजवादी अर्घाखाँचीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सन्धिखर्कको सभाहलमा सम्बोधन गर्दै नेता नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गर्नुभएकाे छ ।
उहाँले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताउनुभयाे । यथास्थितिमा एमसीसी पास नहुने उहाँकाे भनाइ छ। जनचाहना र जनभावनाविपरित त्रुटीहरु नसच्चाई एमसीसी पास नहुने नेपालले बताउनुभयाे ।
सैन्य हस्तक्षेप नहुने, नेपालको कानून नमिचिने, नेपाली भूमिमा भएका सम्पत्तिको हक राष्ट्रले नै प्रयोग गर्न पाउने, नेपाली श्रमिकहरुले काम गर्न पाउने अधिकार र बाह्य हस्तक्षेप नहुने सुनिश्चिचता खोजेको उहाँकाे भनाइ छ। एमसीसीलाई पत्र पठाएर जवाफ मागिएको र चित्त बुझ्दो ढंगको जवाफको पर्खाइमा रहेको उहाँले बताउनुभयाे ।
नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबीसमेत गर्नुभएकाे छ । उहाँले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताउनुभयाे ।