नविन सुवेदी
सुर्खेत। केही वर्षयता कर्णालीका ६ जिल्लामा सधै खाद्यान्नको अभाव हुने गरेको छ । आधुनिक खेती प्रणालीको अभावमा जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, र हुम्लामा खाद्यान्न अभाव हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । जसमध्ये कालिकोट खाद्यान्नको सबैभन्दा उच्च जोखिममा छ ।
कालिकोटलाई बार्षिक १७ हजार नौसय ६४ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । तर त्यहाँ ११ हजार सातसय ७५ मेट्रिकटन मात्रै खाद्यान्न उत्पादन हुन्छ।
त्यस्तै हुम्ला पनि खाद्यान्नको उच्च जोखिममा छ । हुम्लालाई वार्षिक १० हजार आठसय ५७ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । तर त्यहाँ दुईहजार पाँचसय ८४ मेट्रिकटन खाद्यान्न उत्पादन हुन्छ । मागअनुसार उत्पादन नभएपछि हुम्लाले वार्षिक आठ हजार दुईसय ७३ मेट्रिकटन खाद्यान्न आयात गर्नुपर्दछ ।
वार्षिक ११ हजार सातसय १० मेट्रिकटन खाद्यान्न आवश्यक हुने मुगमा ६ हजार दुईसय ६६ मेट्रिकटन मात्रै उत्पादन हुन्छ । मुगुले पनि वार्षिक पाँच हजार चार सय ४४ मेट्रिकटन खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ।
वार्षिक २२ हजार ६ सय ६८ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने जुम्लामा पनि १५ हजार ६ सय ३८ मेट्रिकटन मात्र उत्पादन गर्दछ । जुम्लाले पनि वार्षिक सात हजार ३० मेट्रिकटन आयात गर्नुपर्दछ ।
जाजरकोटले वार्षिक दुईहजार तीनसय ९७ र डोल्पालाई दुई हजार चार सय ८६ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । जाजरकोटमा २९ हजार एकसय ६७ र डोल्पामा सात हजार आठ सय चार मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । तर जाजरकोटले ३६ हजार सात सय ७० र डोल्पाले पाँच हजार तीनसय १७ मेट्रिक टन मात्र खाद्यान्न उत्पादन गर्दछन् ।
माग अनुसार खाद्यान्न उत्पादन नभएपछि कर्णालीका ६ जिल्लामा सधैँ खाद्यान्न अभाव हुँदै आएको छ ।