काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना सुरु भएको छ ।
मतगणना अहिले पार्टी कार्यालय सानेपामा ११ बजेबाट सुरु भएको हो ।
कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत पाँच सहमहामन्त्रीका लागि मतदान भएको हो । खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना अहिले भइरहेको कांग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिनुभयो ।
खस आर्य सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट किशोरसिंह राठौर र शेखर कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार हुनुहुन्छ । थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार रहनुभएको छ ।
मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार हुनुहुन्छ । यस्तै पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार हुनुहुन्छ ।
कांग्रेसमा क्लस्टर अनुसार ८ सहमहामन्त्री निर्वाचित हुँदैछन् । महिला, दलित र आदिवासी जनजातितर्फका सहमहामन्त्रीको मतगण्ना बिहीबार सम्पन्न भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजाति सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् ।
१४औँ महाधिवेशनबाट अहिलेसम्म काँग्रेसका ८ जना पदाधिकारी निर्वाािचत भइसकेका छन् । कांग्रेसमा १३ जना पदाधिकारी निर्वाचनबाट आउँदैछन् भने १२१ जना केन्द्रीय सदस्य पनि निर्वाचन आउनेछन् ।