काठमाडौं । भारत भ्रमणमा रहँदा संविधान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध स्थापित गर्न चाहेको बताउनु भएको छ । भारत भ्रमणको क्रममा आप्mना भारतीय समकक्षीसँग वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा ओलीले २१औँ शताब्दी अनुकूलको र विश्वासमा आधारित सम्बन्ध नेपालको प्राथमिकतामा रहेको सुनाउनु भयो ।
प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध चिसिँदा दुई वर्षअगाडि आफू र मोदीबीच भएका कुराकानी पटक–पटक स्मरण गराउनु भएको थियो ।द्विपक्षीय वार्तामा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली व्यापार सम्झौता (साफ्टा)को बुँदा पनि कार्यान्वयन नहुँदा नेपाललाई अप्ठ्यारो परेको बताउनु भयो । प्रधानमन्त्री ओलीको धारणा सुनेपछि भारतीय समकक्षी नरेन्द्र मोदीको जवाफ थियो, ‘म गम्भीर छु, वाणिज्य सचिवस्तरीय बैठक बसेर सबै विषयमा समाधान खोजौँ । म सम्बद्ध अधिकारीलाई निर्देश गर्छु । ’ नेपालले महाकाली सन्धि अनुरूप डेढ किलोमिटर लिंकरोड बन्न नसकेको विषय पनि प्रधानमन्त्री ओलीले उठानउनु भएको थियोे । नेपाल प्रहरी एकेडेमी निर्माण हुननसकेको पनि नेपालले चासो राखेको थियो ।
प्रधानमन्त्री ओलीको सम्बोधन अघि पत्रकार सम्लेनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा तीनवटा निर्वाचनपछि नयाँ सरकार गठन भएकोमा बधाई दिनुभयो । भारतीय प्रधानमन्त्रीले भारतले नेपालको विकासको हरेक प्रयत्नमा साथ दिने बचन दिनुभयो । प्रधानमन्त्री ओलीसँग शनिवार हैदरावाद हाउसमा भएका दुई बैठकमा प्रधानमन्त्री मोदीले संघीयतासहितको लोकतन्त्र संस्थागत गर्ने प्रयासमा सघाउने बचन दिनुभएको हो ।
भारतीय प्रधानमन्त्रीले सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको घोषणा गर्नुभयो । तपाईंहरूलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको छ भन्दै शुरुमा नेपालीमा सम्बोधन गर्नुभएका भारतीय प्रधानमन्त्रीले आफ्नो सम्बोधनको अन्तमा पनि नेपालीमै भन्नुभयोे, ‘फेरि भेटौँला’ ।
दुई वर्षअघि नेपाल–भारत सम्बन्ध हिमालयको अखण्डता र गंगाको पवित्रतामा आधारित रहेको बताउनु भएका भारतीय प्रधानमन्त्री मोदीले यसपटक, अब सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको र नेपाल भूपरिवेष्ठित नरही भू जडित राष्ट्र भएको तर्क गर्नुभयो ।
तीन चरणको निर्वाचनपछि संघीयतातर्फ नेपालको यात्रालाई अत्यन्त ठूलो उपलब्धि भन्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालले पछिल्लो समय पाएको उपलब्धीको प्रशंसा गर्नुभयो । रामायण सर्किट र बुद्धिस्ट सर्किट निर्माणमा पनि सहयोग गर्ने घोषणा मोदीले गर्नुभयो । नेपालको संघीयताका लागि भारतीय अनुभव आदान–प्रदान गर्नसकिने पनि भारतीय प्रधानमन्त्रीले बताउनु भयो ।
भ्रमणका क्रममा भएको वर्तामा प्रधानमन्त्री ओलीले नदीको प्राकृतिक बहाव रोकिँदा गरिब नेपाली डुबानमा पर्दै आएको र यसको समाधान आगामी वर्षाअघि नै गर्ने गरी पहल लिनुपर्ने बताउनु भएको थियो । मोदीले सम्बद्ध संयन्त्रलाई सक्रिय बनाएर त्यसको समाधान चाँडो खोज्ने प्रतिबद्धता जनाउनु भयो । मोदीले सम्बद्ध अधिकारीलाई यससम्बन्धी पहल गर्न निर्देशन समेत दिनु भयो ।
यतिवेला नेपाल र भारत दुवै देशमामा स्पष्ट दृष्टिकोण र बलियो जनमत भएका प्रधानमन्त्री छन् । आर्थिक विकासका साझा मुद्दामा मिलेर जाने सहमति पनि भएको छ । त्यसैले यो भ्रमण नेपालको दीर्घकालीन विकासका लागि कोशेढुंगा हुनसक्ने कतिपय विदेश मामला जानकारहरुको तर्क छ ।
भिडियो हेर्नुहोस्ः https://www.youtube.com/watch?v=wey9QKch8Zg