बाँके । बैजानाथ गाँउपालिका ३ स्थित बन्न लागेको क्षेत्रीय कारागारको अहिलेसम्म करिब ४ प्रतिशत काम सम्पन्न भएको छ । निर्माणका लागि विस २०७३ साल कार्तिक ८ गते सम्झौता भएको थियो । सम्झौता भएको तीन वर्षमा सक्ने भनिएको भए पनि विभिन्न परिस्थितिका कारण ढिला भएको काम अब चैतसम्ममा सबै काम गरिसक्नु पर्ने छ । निर्माणको जिम्मा पाएको रसुवा/पप्पु जेभिले लकडाउनका कारण थप गरिएको मितिसम्ममा काम गरिसक्ने बताएको छ।
करिब १० बिगाह क्षेत्रफमा बन्न लागेको कारागारमा ८ वटा जेल कैदीबन्दीका लागि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टा छुट्टै ब्लकहरु, क्यान्टिन वर्कसपहरु गरी करिब २५ वटा भवनहरु निर्माण हुन लागेको छ । हाल पहिलो चरणका लागि १५ सय बढी कैदीबन्दीहरु राख्ने क्षमता रहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले बताउनभयाे ।
ठेक्काको जिम्मा पाएको रसुवा/पप्पु जेभिले समयमा काम सम्पन्न गर्न नसक्नु र केही समय अघि पप्पु कन्स्ट्रक्सनलाई कारबाही हुँदा रसुवा जेभिले एक्लै कामलाई अगाडि बढाई रहेको हो । जसले गर्दा पनि काम ढिला भएको हो ।
कारागारमा पहिलो चरणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । ०७७ कार्तिक ७ गतेसम्म निर्माण सक्ने लक्ष्य रहेको भए पनि कोरोनाका कारण काममा केही ढिलाई भएको रसुवा जेभिका प्रतिनिधिले बताए। कारागारको स्थलगत अवलोकनमा पुग्नुभएकी शहरी विकास मन्त्रीले यो कारागारको पहिलो चरणको काम समयमा नै सक्न निर्देशन दिनुका साथै कर्मचारीहरु प्रशासनलाई सहजिकरण गर्न पनि निर्देशित गर्नुभएकाे छ ।
ठेक्का पाएको शुरुवाती दिनहरुमा पप्पु कन्स्ट्रक्सनले राम्रोसँग काम नगर्दा करिब दुई वर्ष काम ढिला भएको हो । पछि रसुवा जेभिले टेक ओभर गरेपछि काम तिब्र गतिमा भएको थियो ।
नेपालमा हरेक विकास निर्माणमा ठेकेदार कम्पनीको बदमासी र सरकारको लापरबाहीका कारण धेरै विकास निर्माणका आयोजनाहरु समयमानै सम्पन्न हुन सकेका छैनन् ।
बाँकेमा बन्दै गरेको क्षेत्रीय कारागारले पश्चिम क्षेत्रका जेलहरुमा देखिएको समस्यालाई समाधान गर्ने धेरै टेवा पुग्ने थियो । सबै भवन निर्माण भइसके पनि फिनिसिङ्गको काम मात्र बाँकी रहेकाले अबको चैत महिनाको मसान्तभित्र काम पूरा हुने निर्माण कम्पनीले बिश्वास दिलाएकाे छ।