काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ वस्तुको आयातमा कडाइ गरेको छ ।
विदेशी विनिमय सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गरेको हो ।
केन्द्रीय बैंकको नयाँ व्यवस्था अनुसार चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री÷फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेटरभान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर र प्लास्टिकका फर्निचर आयात गर्न बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने छ ।
केन्द्रीय बैंकले आयातमा मार्जिन व्यवस्थासम्बन्धी एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरिदिएको हो । अब विदेशबाट सामान आयात गर्नेहरूले त्यसअघि नै रकम जम्मा गर्नुपर्नेछ । त्यस्तो प्रयोजनका लागि बैंकहरूले स्वदेशी मुद्रामा कर्जा प्रवाह गर्न पनि नपाउने भएका छन् । यसअघि एलसीका लागि मार्जिन राख्ने÷नराख्ने निर्णय बैंकहरूले नै गर्ने गरेका थिए ।