काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।
एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।
तेस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । सो बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बुधबारको बैठकको सम्भावित कार्यसूचीः
१ राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।
२ प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
३ गृह मन्त्री बालकृष्ण खांणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
४ प्रेम सवालले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९(नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नुहुने।
५ गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
६ प्रेम सुवालले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
७ गृह मन्त्री बालकृष्ण खांणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
८ प्रेम सुवालले ‘रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
९ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।