काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।
सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका गर्नुभएको थियो । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन लागेको हो ।
महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
समूहका संयोजक र ठाउँहरू
१. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।
२, ३. सल्लाहकार परिषा : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।
४, ५. प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।
६, ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा
८, ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर
१०, ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल
१२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल
१३, १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा
१५, १६. सुदूरपश्चिम : खगराज भट्ट
१७, १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।
१९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमै ।
२०, २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह
२२, २३. बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री
२४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ
२५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।