पाल्पा । जिल्लामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकाको परिचय खुलेको छ। बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गएको लु१ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
घाइतेमध्ये ७ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा ६ जनाको उपचार भइरहेको छ।
अस्पतालका अनुसार घाइते हुनेमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना ६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी २, का ३७ वर्षीय रमेश टोमटा रहेका छन्।
यस्तै, अर्घाखाँची डाँडाकटेरी १ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना ६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते भएका छन्।
यस्तै, बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।
शव बसले च्यापिएकाले निकाल्न समय लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयाे। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।