बिनोद आचार्य
रामधुनी । नेपाल ट्रेड युनियन काँग्रेस रामधुनी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले अध्यक्षमा विनोद कोइरालालाई चयन गरेको छ ।
अध्यक्ष कोइरालाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सम्बु बस्नेत र नैहनी चौधरी, सचिवमा रुद्रप्रसाद नेपाल, सहसचिवमा सञ्जीव दाहाल, कोषाध्यक्षमा प्रकाश चौधरी, सदस्यमा मञ्जुश्री मगर, इन्द्र सुब्बा, रञ्जना ठाकुर, धीर नारायण साह, महेश कुमार खतिवडा, दिपसिसा सापकोटा र अम्बिका काफ्ले रहेका छन् भने सल्लाहकारमा जितेन्द्र कुमार साह, सुधीर कुमार चौधरी र विमलप्रसाद गुरागाईँ चयन भएका छन् ।
कार्यक्रम बोल्दै अध्यक्षमा विनोद कोइरालाले नेपाल ट्रेड युनियन काँग्रेस रामधुनी विगतका दिनमा निस्क्रिय रहेपनि आफ्नो नेतृत्वमा रहेको कार्य समितिले श्रमिकहरुको हकहित संरक्षण, सङ्गठन र सम्वर्द्धन गर्नका लागि सङ्गठनात्मक आधारलाई संस्थागत रूपमा लान अपरिहार्य काम गरेर देखाउने बताउनुभयो ।
अधिवेशनमा नेपाली काङ्ग्रेस रामधुनी नगर कार्यसमितिका सभापति सुदीप अधिकारीले नयाँ नेतृत्वलाई सबैको हितमा रहेर काम गर्न आग्रह गर्नुभयाे । उहाँले पदीय जिम्मेवारी धारणा गरेका व्यक्तिले कुशल र जुझारु रूपमा नेतृत्व गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।