काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेकाे छ ।
समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन अनुमतिसमेत प्रदान गरिसकेकाे छ ।
समितिले दिएकाे अनुमति अनुसार वर्षभरिका चाडपर्व र तिथिमिति पनि सार्वजनिक भएकाे छ ।
समितिले दिएकाे अनुमति अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ ।
यसैगरी, भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्रश्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।
समितिले तयार पारेको पात्रो अनुसार कात्तिक १० गते भाइटीका परेको छ । कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा परेको छ ।
समितिका अनुसार २०७८ सालमा विवाहका ५६ वटा लगन जुरेको छन् । त्यस्तै, आगामी वर्ष व्रतबन्धको लगन पनि धेरै रहेकाे जनाइएकाे छ ।
समितिले दिएकाे अनुमति अनुसार माघ १५ गतेसम्म पात्राे प्रकाशित गरी बजारमा सार्वजनिक गरिने बताइएकाे छ ।