राज दयाल
ओखलढुंगा । जिल्लाको जनसंख्या झन्डै १ लाख ४१ हजार पुगेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ओखलढुंगाको जनसंख्या १ लाख, ४० हजार, ९ सय १४ पुगेको हो । जसमा ७१ हजार, ५ सय ९२ महिला र ६९ हजार, ३ सय २२ पुरूष रहेका छन ।
जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकामा २७ हजार, ९ सय ७७ र सबैभन्दा कम लिखु गाउँपालिकामा ११ हजार ९ सय ३० रहेका छन् ।
त्यस्तै, सुनकोशी गाउँपालिकामा १८ हजार २४, चम्पादेवीमा १६ हजार, ५ सय २८ मोलुङ गाउँपालिकामा १६ हजार ९ सय ४४ मानेभञ्ज्याङ गाउँपालिकामा १९ हजार, ८ सय ८३ खिजीदेम्बामा १५ हजार ८ सय ६७ र चिसंखुगढी गाउँपालिकामा १३ हजार, ७ सय, ६१ रहेका छन् ।
त्यस्तै, जिल्लाको जनसंख्या वृद्धिदर भने माईनस ०.४७ प्रतिशत रहेको जिल्ला जनगणना कार्यालय ओखलढुंगाका प्रमुख सुर्यमान बिष्टले जानकारी दिनुभयो ।