सुखिलाल चौधरी
उदयपुर । केही दिन यतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएसँगै त्रियुगा नगरपालिका वडा नं. १ ले न्यानो कपडा वितरण गरेको छ ।
वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक, दलित तथा एकल महिला गरी ९० जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको छ ।
जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई सम्मान स्वरुप एक/एक थान सिरक, डस्ना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको वडाध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिनुभयाे ।
यस्तै, वडा कै बयोवृद्ध पुरुष नारायणप्रसाद ढकाललाई स्टिलनेश लठ्ठी र बयोवृद्धा महिला धनकुमारी विश्वकर्मालाई टोपी उपहार प्रदान गरेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयाे ।
मठ मन्दिरमा ईश्वर पाइदैन घरमै छ इश्वर वडाध्यक्ष चौधरी बताउँछन् । धर्मको नाममा मरिमरि मठ मन्दिर गएर ईश्वर खोज्नु भन्दा आफ्नो आमाबुवालाई वृद्धको सहारा बन्नु घरमै ईश्वर पाइन्छ । वडाध्यक्ष चौधरीले बताउनुभयाे ।
जेष्ठ नागरिकलाई बाटोमा हेला होइन सम्मान गरौं, ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिक रूपमा बोझ नभई वरदान भएको हो । समाजको आदर्श भएको वडाध्यक्ष चौधरीले बताए । ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत हो त्यसको लागि सम्मान आवश्यक छ ।
न्यानो सम्मान पाएकोमा बृद्धबृद्धाहरु खुशी थिए । न्यानो सम्मान पाएकाहरु आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयाे ।