स्याङ्जा । जिल्लाकाे वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणानुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिका तथा फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्था अध्ययनका लागि आउने गरेका छन् ।
आर्थिक वर्ष २०७१/०७२ देखि फोहोरमैला सङ्कलन थालेको नगरपालिकामा हालसम्म नगरपालिकारगाउँपालिका तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने पाँच सयभन्दा बढी विभिन्न सङ्घसंस्थाले अध्ययन(अवलोकन गरिसकेका छन् । कतिपय ठाउँमा फोहोरमैला व्यवस्थित तरिकाले नछुट्टयाइने र जम्मा गर्ने मात्रै गर्दा डम्पिङ साइटका रूपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फोहोर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै छन् ।
फोहोर नदी, खोला किनारमा थुपार्ने कार्यले वातावरण प्रदूषित भएको भनी विरोध भइरहँदा नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन् । फोहोर मैला व्यवस्थापन चुनौतीका रूपमा देखिरहेका बेला त्यसको व्यवस्थापनबारे यहाँ आएर अध्ययन अवलोकनपछि आआफ्ना ठाउँमा कार्यान्वयन गर्ने सङ्घसंस्था धेरै छन् ।
एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरिएको छ । वडा नं ३ कुडुलेमा फोहोरमैला व्यवस्थापन गर्दै आएको गाउँपालिकाको निगरानीमा एक कम्पनीमार्फत फोहोर सङ्कलनका लागि सम्झौता भएको छ । फोहोर वर्गीकरणमा ६ र गाडीमा फोहोर सङ्कलनका लागि तीन कर्मचारी छन् ।
फोहोरमैला बिक्रीबाट प्राप्त आम्दानीमध्ये ३० प्रतिशत टोल सुधार समिति, ६० प्रतिशत कम्पनी र १० प्रतिशत गाउँपालिकाको आम्दानीका रूपमा राख्ने गरिएको अध्यक्ष थापाले बताउनुभयो । “फोहोरमैला व्यवस्थापन चुनौतीका रूपमा थियो”, अध्यक्ष थापाले भन्नुभयो, “यसको उचित व्यवस्थापन गर्न सकेका खण्डमा चुनौती नभई आम्दानी बन्दोरेछ, अहिले फोहोरमैला पनि गाउँपालिकाको आम्दानीको स्रोतका रूपमा छ ।”
नगरपालिकाले गरेको फोहोरमैला व्यवस्थापनको शुरुआती चरणदेखि हालसम्मका प्रक्रियाका बारेमा वाणगङ्गामै पुगेर सरोकार पक्षलाई प्रशिक्षण दिइएको वालिङ नगरपालिका, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताउनुभयो ।
नगरपालिकाका विशेष गरी बजार क्षेत्रका वडामा गठन गरिएको सरसफाइ उपसमितिले आआफ्ना टोलमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइकर्मी नियुक्त गरी सरसफाइ अगाडि बढाइएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
देशका विभिन्न सहरमा फोहोरमैलाको उचित व्यवस्थापन नभएकै कारण समस्या झेलिरहँदा नगरपालिकाले भने फोहोरमैला व्यवस्थापन गरी २४ लाख आम्दानी गरेको छ । नगरपालिकाको सरसफाइ केन्द्र शैक्षिक थलोका रूपमा विकसित हुँदै गएको नगर प्रमुख दिलीपप्रताप खाँण बताउनुहुन्छ। नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेका कार्यबारे जान्न र बुझ्न देशका विभिन्न ठाउँबाट यहाँ आउने र फर्केपछि आआफ्ना ठाउँमा यही नमुनाका रुपमा काम थाल्ने गरेकाले पनि यो सिक्ने थलोका रूपमा विकसित भएको उहाँको धारणा छ ।
नगरपालिकालाई ६ हजार पाँच सय शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरिएको मल्लले बताउनुभयो । घरघरमा निर्माण भएका सेफ्टी ट्याङ्की भरिएपछि खाली जमिन, खेतबारी र जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप व्यवस्थित भएको इन्जिनियर मल्ल बताउनुहुन्छ।