काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ ।
निगममा २४ पुसदेखि कार्यकारी निर्देशक पद रिक्त रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । आवेदनका लागि माघ १६ गतेसम्म समय दिइएको थियो ।
आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, कांग्रेस निकटका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा डा लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठकले निवेदन दिनुभएको छ ।
यस्तै कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द पनि निगमको कार्यकारी बन्ने दौडमा रहनुभएको छ । भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिनुभएको मन्त्रालयले जनाएको छ ।