आशिष बहादुर सिंह
बझाङ । जिल्लामा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण विकास निमार्णका काम प्रभावित भएका छन् । जनप्रतिनिधिलाई आफ्नो स्थानीय तहका काम समयमा बन्न नसक्दा स्थानीय तहमा आएको बजेट फ्रिज जाने भन्ने जनप्रतिनिधिमा चिन्ता बढ्दै गएको छ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानी लगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् । यसपालि माघको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख खड्क खड्काले बताउनुभयाे । राष्ट्रिय गौरवको योजना अन्तर्गत विभिन्न स्थानीय तहका काम अलपत्र परेका छन् ।
बझाङ जिल्लामा १२ ओटा स्थानीय तह मध्ये कुनै पनि स्थानीय तहका काम रप्तारमा अगाडी बड्न नसकेको नागरिक समाजका अगुवा धर्मजङ्ग सिंहले बताउनुभयाे ।
साईपाल गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका, सुर्मा गाउँपालिका, जयपृथ्बी नगरपालिका छबिस पाथिभेरा गाउँपालिका, दुर्गा थली गाउँपालिका, थलारा गाउँपालिका केदारस्यू गाउँपालिका बित्थड चिर गाउँपालिका, बुङ्गल नगरपालिकामा भारी वर्षा र हिमपात चिसो मौसमका कारण काम गर्ने नसकेको खुड्डीउन सिचाई कुलो ठेक्का पाएका महेन्द्र खत्रीले बताउनुभयाे । आयोजनाको काम एक महिनापछि धकेलिएको उहाँको भनाइ छ ।
विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । बझाङ जिल्लाका स्थानीय तहले कुनै पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् । अधिकांश योजनाको सम्झौता मिति गएपछि करोडौ बजेट काम नभई फिर्ता हुन सक्ने जयपृथ्बी नगरपालिका २ का अध्यक्ष सुकदेब जोशीले बताउनुभयाे ।
बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतिक्षामा रहेको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयाे । यातायातका साधन सञ्चालन हुन नसकेको साईपाल गाउँपालिकामा काम गर्ने झन् चुनौति देखिएको अध्यक्ष धामीले बताउनुभयाे ।