काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा ५८ लाख ८२ हजार ६३ जनाको मृत्यु भएको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार कोरोना भाइरसको संक्रमणबाट दुई वर्षको अवधिमा यति धेरै व्यक्तिले ज्यान गुमाएका हुन् । कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिका, ब्राजिल, भारत, रुस, फ्रान्स, बेलायत, जर्मनी, इटाली, अर्जेन्टिना, इरान, कोलम्बीया, मेक्सिको, इन्डोनेसिया, युक्रेन र पेरुमा भएको छ । यी प्रत्येक राष्ट्रमा कोरोनाका कारण एक लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ९ लाख ५५ हजार ४९७ जनाको मृत्यु भएको छ । अमेरिकापछि मृत्यु हुनेको दोस्रो ठूलो संख्या ब्राजिलमा रहेको छ । ब्राजिलमा ६ लाख ४१ हजार ९९७ जनाको मृत्यु भएको छ ।
वल्डोमिटर्सका अनुसार हालसम्म कोरोनाका कारण भारतमा ५ लाख १० हजार ९३७, फ्रान्समा १ लाख ३६ हजार १४२, बेलायतमा १ लाख ६० हजार २२१, रुसमा ३ लाख ४३ हजार १७३, जर्मनीमा १ लाख २१ हजार ४४७, इटालीमा १ लाख ५२ हजार २८२, अर्जेन्टिनामा १ लाख २४ हजार ९२४, इरानमा १ लाख ३४ हजार ४२०, कोलम्बीयामा १ लाख ३७ हजार ७३३, मेक्सीकोमा ३ लाख १४ हजार ५९८ जनाको मृत्यु भएको छ ।
विश्वमा कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।