बिष्णु खड्का
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर-२ रहेको बुद्ध माध्यमिक विद्यालयले शुक्रवार अभिभावक भेला सम्पन्न गरेको छ ।
कोभिड महामारीका कारण करिब दुई वर्षपछि भेला सम्पन्न भएकाे हाे । काेराेनाका कारण करिब २५ महिनासम्म अभिभावक भेला गर्न सकिएकाे थिएन ।
अहिले स्थिति केही सहज भएका कारण भेला आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर बस्नेत (बिनोद) ले बताउनुभयो ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विद्यालयको भौतिक र शैक्षिक अवस्थाका बारेमा सामाजिक सञ्जालमा विभिन्न नकारात्मक टिकाटिप्पणी गरेको प्रति दु:ख ब्यक्त गर्दै यथार्थ कुरा नबुझि विभिन्न नकारात्मक टिप्पनी नगर्न समेत अविभाभक तथा सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
बस्नेतले आफू अध्यक्ष रहेको विद्यालयमा विद्यालयलाई विज्ञान प्रयोगशालाको क्षेत्रमा तीन वटा मावि मध्येकै उत्कृष्ट रहेको बताउनुभयो । ७० लाख ४० हजारकाे लागतमा ४ कोठे पक्की भवण समेत निर्माण सम्पन्न भएको उहाँले बताउनुभयाे। उक्त भवण निर्माणकाे सिलसिलामा ५९ हजार रकम घाटामा रहेको बस्नेतकाे भनाइ छ।
लिखुपिके गाउँपालिकामा जम्मा २२ वटा विद्यालय मध्ये बुद्ध माविमा पनि भौतिक संरचना राम्रो बनेको देखिन्छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजकुमार खत्रीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षक विद्यार्थी र अभिभावक तिनै तहको भुमिका रहेकाले आफ्ना बच्चाहरुको भविष्यका निम्ति बेलाबेलामा विद्यालयमा हेर विचारमा ध्यान दिनु पर्ने बताउनुभयो ।
भेलामा शिक्षक टंकप्रसाद खतिवडाले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, भेलाले विद्यालयले अभिभावकसँग शैक्षिक सुधारका लागि सल्लाहसुझाव माग गरेको छ।
कार्यक्रममा लिखुपिके गाउँपालिकाकी उपाध्यक्ष प्रमिला बस्नेत, वडा नम्बर २ र ३ का वडा अध्यक्षहरु, शिक्षा शाखा संयोजक प्रेमबहादुर बस्नेतसहित अभिभावक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो भने विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए ।