काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा इमान्दारिता, निष्ठा र समाज रुपान्तरणको संकल्प भएकाले सबैको आकर्षणको केन्द्र बनेको बताउनुभएकाे छ ।
शनिवार राजधानीमा आयाेजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीमा सबैकाे आकर्षण बढेकाे बताउनुभएकाे हाे ।
शान्तिनगरस्थित पार्टी कार्यालयमा भएकाे पार्टी प्रवेश कार्यक्रममा विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका ओखलढुंगा जिल्ला इन्चार्ज अमृत बस्नेतसहित दर्जनाैं कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उहाँहरूलाई स्वागत गर्दै अध्यक्ष नेपालले समाज रूपान्तरणमा युवाहरूकाे मूख्य भूमिका हुने भएकाले इमान्दारिता र निष्ठापूर्वक खट्न आग्रह गर्नुभयाे ।
एकीकृत समाजवादी फरक दृष्टिकाेणसहित गठन भएकाे बताउँदै अध्यक्ष नेपालले भन्नुभयाे, ‘हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ। इमान्दारिताको पक्ष छ, निष्ठाको पक्ष छ, समर्पणको पक्ष छ, जनताको सेवा गर्ने पवित्र भावनाको पक्ष छ ।'
समाजको रुपतान्तरण गरिछाड्ने संकल्प पार्टीले लिएकाे बताउँदै उहाँले भन्नुभयाे, ‘त्यसअनुसार नै असल व्यक्तिहरूको पहिचान गर्ने, गतिशील नयाँ पुस्तालाई क्रानितकारी विचारले ओतप्रोत गर्दै अगािड बढ्ने योजनामा लागेका छाैं।’