क्षितिज विश्वकर्मा ।
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ । आइतवार राति अबेर सम्पन्न मतगणनामा सिंहले १ हजार ७५८ मत प्राप्त गरी विजयी बन्नुभएकाे हाे ।
उहाँका प्रत्यासी संस्थापनइतरका लक्ष्मण रायले रायले १ हजार ३७८ मत पाएका प्राप्त गर्नुभएकाे थियाे ।
उपसभापतिमा संस्थापन पक्षका डा. सरोज कुमार ‘राजु’ १ हजार ७६४ र संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतका साथ विजयी हुनुभएको छ । उपसभापतिमा पराजित संस्थापन पक्षका शेख सदुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्नुभयो ।
त्यस्तै‚ सचिवमा संस्थापन पक्षका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी हुनुभएको छ । संस्थापनइतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाउनुभएको थियो ।
सहसचिवमा संस्थापन पक्षकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी हुनुभयो । इतरका सूर्यबहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्रले १ हजार २३७ मत पाउनुभएको छ ।
आइतबार राति नै जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई दिनुभएको थियो ।
नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काखा र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचनमा जम्मा ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।