काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
सोमवार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिनुभएको हो ।
उहाँले प्रत्येक केन्द्रीय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरु गर्न लगाइने बताउनुभयो । उहाँले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै, पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिका अनुसार आगामी स्थानीय निर्वाचनमा सहभागि हुने बताउनुभयो । उहाँले आजको बैठकमा नेताहरुले पार्टीको संगठनात्मक कुराहरुमा आफ्नो धारणा राखिरहेको बताउनुभयो । केन्द्रीय सदस्य थापाले आगामी स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रमा जीत दिलाउने अठोटका साथ जाने कुरामा छलफल भइरहेको पनि बताउनुभयो ।
त्यस्तै, पार्टीको आजको बैठकमा संगठनात्मक प्रश्ताव बारेमा छलफल हुने बताउनुभयो । उहाँले आजको बैठकले केन्द्रीय प्रतिनिधिहरुले कसरी आफ्नो जिम्मेवारीलाई पूरा गर्ने भन्ने बारेमा छलफल भइरहेको पनि बताउनुभयो । विभाग प्रमुख खतिवडाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तिमा एक जना केन्द्रीय सदस्यलाई खटाउने योजना रहेको पनि बताउनुभयो ।
विभाग प्रमुख खतिवडाले पार्टीको केन्द्रीय समितिको बैठकमा आगामी विधान अधिवेशनको तयारीका बारेमा पनि छलफल गरिने बताउनुभयो ।