आशिष बहादुर सिंह
बझाङ । थलारा गाउँपालिका वडा न ६ का अध्यक्ष अनिल बिष्टको पहलमा पाचँ वर्ष अगाडिदेखि जनताले राखेको एक घर एक सिलिन्डर दिने वडा अध्यक्ष वडा बिष्टको सपना पूरा भएको बताउनुभयाे ।
बिष्टका अनुसार आफू वडा निर्वाचित हुने बेला वडावासीलाई धुवारहित वडा बनाउने लक्ष्य रहेकाले आफ्नो कार्यकालमा एक घर एक सिलिन्डर वडावासीलाई दिन सफल भएकाे बताउनुभएकाे हाे।
पहिलो वर्षदेखि सुरुवात गरेको सिलिन्डर वितरण गर्ने काम यो वर्ष सबै घरधुरीले सिलिन्डर पाएका छन् । जनताको सेवा र जनताका मनोभावना बुझ्ने वडा अध्यक्ष पाउँदा निकै गर्व लागेको स्थानीय महिला निर्मला बिष्टले बताउनुभयाे।
दिनभर ३ घन्टा लागेर भारी बोकी थाप्लोमा नाम्लो पनि छुटेको केशरी बिष्टले बताउनुभयाे । बिहान बेलुका खाना पकाउँदा धुवाले निकै दु:ख हुने गरेको समयको पनि बचत स्वास्थ्यका लागि पनि फाईदा पुग्ने गुन्टेश्वरी बोहरा बिष्टले बताउनुभयाे ।
वडाध्यक्ष अनिल बिष्ट बझाङ जिल्लाकै नमुना वडाध्यक्षको रुपमा परिचित हुनुहुन्छ ।
बिरामी हुदाँ स्वास्थ्यको उपचार गर्न सहयोग गर्ने अति विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने गंगा रोकायाले बताउनुभयाे ।
वडाध्यक्ष बिष्टले भन्नुभयाे, 'म निर्वाचित हुँदा जनतालाई दु:ख पर्दा सहयोग गर्ने, अन्यायमा पर्दा न्याय दिने र सिंहदरबारको अधिकार घर आँगनमै दिने भनेर वाचा गरेकाे थिएँ, जसमा म केही सफल पनि भएकाे छु ।'अन्य वडाका भन्दा फरक र नमुना वडा बनाउने सोचका साथ अगाडि बढेको थिएँ जुन वडावासीको पनि साथ र सहयोग पाएर त्याे साेच पूरा गर्न हाैसला मिलेकाे छ।'