काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा अध्यक्षसहित नेपाली कांग्रेस निकट उम्मेदवारले जितेका छन्।
एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसबाटै दुई प्यानल थियो।
कांग्रेसका दुईसहित पाँच प्यानलबीच चुनाव हुँदा कांग्रेसको आधिकारिक प्यानलका सबै उम्मेदवारले चुनाव जितेका छन्।
अध्यक्षमा ३७३२ मतसहित हरिबहादुर दर्लामी निर्वाचित हुनुभएको छ ।
एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भएको थियो।
उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा दिलिपकुमार झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी, सहकोषाध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनुभएको छ ।
केन्द्र र सातै प्रदेशमा एकैपटक चुनाव भएको थियो।