काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताउनुभएको छ।
बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उहाँले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभएकाे हाे ।
'हामी अरुभन्दा धेरै लचिलो छौं,” मन्त्री पौडेलले भन्नुभयाे, “हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए, आज पनि छन् ।”
कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिर्वत नभएको भन्ने बहस भएको भन्दै शहीद परिवारले उनीहरुको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गर्नुभयो ।
माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिक लगायतका उपलब्धी हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियवादी लागेको आरोप लगाउनुभयो ।
विचार, राजनीति, र दृष्टिकोण फरक भए पनि जिल्लाको विकासका लागि नेताहरु एक रहेको भन्दै बागलुङको विकासका लागि जीवन रहुन्जेल व्यतित गर्ने बताउनुभयो ।