सुनसरी । प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार नेपाली काङ्ग्रेस रामधुनीको पार्टी कार्यालयमा बसेको बैठकले रामधुनी समितिलाई पूर्णता दिइएको हो ।
समितिको संयोजकमा बिनोद आचार्य चयन भएका छन् । यस्तै सहसंयोजकमा सुमन भट्टराई चयन हुँदा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः हेमन्त चौधरी, सरोज राउत र होम कुमारी चौधरी चयन भएका छन् ।
उक्त कार्यसमितिको सदस्यहरूमा मानिस चौधरी, मान्यता साह, कृष्ण सरदार, रेनु राई, हिना चौधरी, संगीत चौधरी, भुपाल खतिवडा, निसान राई, ज्वती पोखरेल, र बिजय राईएलएन गच्छदार, रविन राउत चयन भएका छन् भने सल्लाहकारमा राम कुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमाला चौधरी र रामन्द चौधरी चयन भएका छन् ।
कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई मजबुत बनाउनका लागि पर्न निर्देशन दिए । प्रेस युनियन सुनसरीले सञ्चारकर्मीका लागि दुर्घटना बिमा, कोरोना बिमा, सञ्चारकर्मीको निःशुल्क आँखा तथा कान परीक्षण सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम लगायत गर्दै आएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपानी काङ्ग्रेस रामधुनीका सभापति सुदिप अधिकारीले प्रेस युनियन रामधुनीलाई पार्टीले गर्ने सहयोग र सहकार्यमा कुनै पनि कमि नहुने बताउनुभयो । पत्रकारहरु राष्ट्रको चौथो अङ्ग भएकाले स्थानीय स्तरमा हुने गरेको विभिन्न प्रकारका गतिविधिलाई निगरानी गरी समाचार लेखन आग्रह समेत गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी कर्यसमितिका सचिव महेशकुमार चौधरी, वडा नम्बर १ का वडा सदस्य देब राज पोखरेल, प्रेस युनियन सुनसरीका उपध्यक्ष सन्जिप वाग्ले, जिल्ला सदस्य विवेक विवस रेग्मी लगायतको उपस्थिति रहेको थियो।