बिनोद आचार्य
सुनसरी । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुनसरीमा सरगर्मी बढ्न थालेको छ । २ उप महानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीमा वडा तहदेखि नै को उम्मेदवार बन्ने भन्ने होडबाजी चल्न थालेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजय भोगेको पालिकाहरूमा पनि नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्न तयारी थालेको छ । स्थानीय निर्वाचनका लागि ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अनुसार नेता कार्यकर्ताहरू गाउँ केन्द्रित हुन थालेका छन् । सो क्रममा जिल्लाको रामधुनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखका लागि आकांक्षीहरु देखिन थालेका छन् ।
हाल रामधुनी नगरपालिकामा कांग्रेसबाट आधा दर्जन नेताहरु नगरप्रमुखका लागि दाबेदार देखिएका छन् । सुदीप अधिकारी, बदीनारायण चौधरी, सगेन चौधरी, डिल्ली कार्की, जय प्रकाश चौधरी लगायत आकाङ्क्षीको रुपमा देखिएका छन् ।
यी हुन् नगरप्रमुखका आकाङ्क्षीहरू :
सुदीप अधिकारी
आगामी स्थानीय तहको निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेसको तर्फबाट नगर प्रमुखको आकाङ्क्षीको रूपमा आएको अर्को नाम हो, सुदीप अधिकारी । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका अधिकारी हाल नेपाली कांग्रेस रामधुनी नगर कार्य समितका सभापति हुन् । रामधुनीका विश्वासपात्रका रूपमा रहेका नेता अधिकारीले नेपाल विद्यार्थी संघकोमा कुनै पनी पदिय जिम्बेबारी नलिइ स्ववियु सभापतीलाइ भोट माग्दै आफू हिँडेका बताउने गरेका छन् । उनले २०६८/६९ मा नेपाल तरुण दलको भासी इकाई समितिको सभापतिकाे जिम्मेबारी सम्हालेका थिए।
पार्टीको १३ औँ र १४ औँ महाधिवेशनबाट रामधुनी नगरको सभापतिमा निर्वाचित भएका नेता सुदीप अधिकारी राजनीतिसँगै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आवद्ध छन् ।
विभिन्न संघ संस्थामा बसेर काम गरेका नेता सुदीप अधिकारीले यसअघि पनि नगरपालिकाको मेयरमा आकांक्षीको रूपमा रहेका थिए । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता अधिकारीले भेटघाट र छलफलाई तीव्रता दिएका छन् ।
जय प्रकाश चौधरी
हाल रामधुनी नगरपालिकाका प्रमुख हुन् जय प्रकाश चौधरी । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै रामधुनी नगरबाट मेयरको आकाङ्क्षीको रूपमा पुनः उनको नाम चर्चामा आउन थालेको छ ।
आफ्नो कार्यकालमा रामधुनी नगरपालिकाले काँचुली फेरेको उनले बताएका छन् । आफूले स्थानीय तहको निर्वाचनका बेला घोषण पत्रमा सार्वजनिक गरेका काम सबै सकेकाले पुन: आफूले उमेरदारी दिने उनले बताए । विकास निखुर्को कामको नतिजा आउन केही समय लाग्ने भएकाले आफ्नो कार्यकालमा सुरु गरिएका बहुवर्षीय योजना निमार्ण सम्पन्न भए पछि मात्र विकाश देखिन्ने उनले बताए ।
बदी नारायण चौधरी
नेपाली कांग्रेस रामधुनी नगरका पुराना राजनीतिज्ञका रूपमा चिनिएका नेता हुन् बदी नारायण चौधरी । आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुखका आकाङ्क्षीको रूपमा समेत बदी नारायण चौधरी देखिएका छन् । पार्टीको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत रहेका नेता चौधरीले नगर प्रमुखमा उम्मेदवारी दिने बताएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुख आकांक्षीको रुपमा अघि आएका नेता चैधरीलाई अन्य आकांक्षीहरूले समेत समर्थन गर्न सक्ने उनीनिकटहरू बताउँछन् । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता चैधरीले कसरी अघि बढ्ने भन्नेबारे गाउँमा छलफललाई तीव्रता दिएका छन् ।
सगेन चौधरी
नेपाली कांग्रेस रामधुनी नगरका नगर सदस्य हुन् सगेन चाैधरी । आगामी स्थानीय तहको निर्वाचनमा नेता चाैधरी पनि नगरप्रमुखको आकाङ्क्षीको रूपमा अघि देखिएका छन् । कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका नेता सगेन चौधरी भने लामो समय विभन्न संघ संस्थादेखि झुम्का उद्योग वाणिज्य संघको एक कर्याकाल महासचिव र १० वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
विगत लामो समयदेखि नेपाली काँग्रेसले दिएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिएको उनिले हाल नगर प्रमुखका आकांक्षी भएको बताएका छन् । नेता चौधरी व्यवसायी समेत हुन् ।
डिल्ली कार्की
नेपाली कांग्रेस रामधुनी नगरपालिकाका पुराना राजनीतिज्ञका रूपमा रहेका डिल्ली कार्की आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुखका आकाङ्क्षीको रूपमा देखिएका छन् ।
पार्टीको भातृ संगठन हुँदै पार्टी राजनीतिमा आएका हुन्, डिल्ली कार्की । आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुखको आकांक्षीको रूपमा अगाडि देखिएका छन् । कार्की १३औँ महाधिवेशनमा रामधुनीबाट महाधिवशेन प्रतिनिधि बनेका कार्की विभिन्न एक दर्जन संघ सस्थामा आवद्ध रहेका छन् ।