राधिका तामाङ
काठमाडौं । यातायात व्यवस्था विभागले सबै खालको भुक्तानीमा अनलाइन प्रविधि लागू गरेको छ । तर सेवाग्राहीहरु अनलाईन प्रविधि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।
सधैभरी यातायात व्यवस्था विभागमा काम भएन, लामो लाईन लाग्नुपर्यो भनेर दिक्क भइरहेका सेवाग्राहीहरुलाईयातायात व्यवस्था विभागले सबै खालको भुक्तानी अनलाईनबाट गर्न सकिने प्रणाली ल्याएको हो ।
बागमती प्रदेश मातहतका सबै यातायात कार्यालयहरु संघिय सरकारबाट हस्तान्तरण भैसकेका छन् । बागमती प्रदेशमा मात्र १० वटा यातायात कार्यालयहरु रहेका छन् । यसले राजश्व संकलन, प्रदुषण परीक्षण, लगतकट्टा, दर्ता, खारेजी र नामसारी चेकजाँच आदि सेवाहरु प्रदान गर्दछ ।
सर्वसाधारणले आफ्नो सवारी साधनको सरकारलाई राजश्व तिर्नुपर्दा पनि धेरै अप्ठ्यारो, दुख र व्यावधानहरु भोग्नुपर्ने अवस्था कायमै छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यो समस्याको समाधानका लागि विद्युतीय माध्यमबाट राजश्व संकलन गर्ने प्रावधान ल्याएको हो। तर विद्युतीय माध्यमबाट सवारी साधनको राजश्व तिर्न सकियो तर प्रमाणित गर्नको लागि कार्यालय धाउनुपर्ने हुँदा अनलाइन भुक्तानी झन्झटिलो हुनुका साथै विश्वसनीय नभएको सर्वसाधारणको गुनासो छ।
एकापट्टी सर्वसाधारणले कार्यालय धाउनुपर्ने गुनासो छ भने अर्कोपट्टी यातायात व्यवस्था विभागको कार्यलयमा कर्मचारी अभावका कारण प्रभावकारी ढंगले सेवाग्राहीलाई सेवा प्रदान गर्न नपाउनु सानो भर्याङ यातायात व्यवस्था विभागका कार्यालय प्रमुख राजु भइ कुश्मुले बताउनुभयो ।
विद्युतीय प्रविधि अनुसार राजश्व भुक्तानी प्रणालीपूर्ण रुपमा डिजिटल नभएका कारण सेवाग्राही कार्यालय आइराख्नुपर्ने भएको हुँदा झन्झटिलो भएको हो । यो प्रविधिलाई पूर्ण रुपमा डिजिटल बनाउने तर्फ कार्य अगाडि बढाइरहेकोे कुश्मुले जानकारी दिनुभयो ।
सरकारी कार्यलयहरुमा भने विचौलियाहरुले सेवाग्राहीबाटपैसा लुट्ने प्रवृति अझै हटेको छैन ।