काठमाडाैं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो ।
काठमाडाैं उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ। ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ ।
प्रकृती र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्वीर कैद गर्ने कोसिस गरेका छौं । उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका बिभिन्न स्थानमा गएर खिचिएको तस्वीरहरू । यी तस्वीरहरूमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतीलाई देखाउन खोजिएको छ ।