काठमाडाैं । साहित्यले समाजमा भएको विकृति र विसङगतिलाई सिर्जजात्मक ढङगबाट देखाउने काम गर्दछ । लामो इतिहास बोकेको प्रगतिशील लेखक सघंले साहित्यको क्षेत्रबाट विभिन्न विषयमा आवाज उठाउँदै आएको छ ।
२००९ सालमा स्थापना भएको प्रगतिशील लेखक सघंले साहित्यको क्षेत्रबाट विभिन्न विषयमा आवाज उठाउँदै आएको छ। ७० वर्षको लामो इतिहास बोकेको प्रगतिशील लेखक सघं विभिन्न प्रदेश,जिल्लामा समेत स्थापना भएको छ।
सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको लेखक सघंले महिला, दलित र हरेकको विषयमा आवाज उठाउने गरेको छ । स्वतन्त्र भएर लेख्ने गरेका कति लेखकहरु मारिएका थिए अनि कति जेल चलान भएका थिए त्यसैको फल स्वरुप प्रगतिशील लेखक संघ स्थापना भएको हो भन्ने टीका टिप्पणी समेत आउने गरेका छन्।
आन्दोलनमा लामो समय बिताएर आएको प्रगतिशिल लेखक सघंले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै आएको र नराम्रो कामलाई निर्धक्क रुपमा खबरदारी गर्दै आएको छ । लेखक सघंलाई राज्यले जति गर्न सक्थ्यो त्यति पनि नगरेको भन्दै भाषा, साहित्यका लागि पनि बजेट छुट्याउनु पर्ने गुनासो आइरहेको छ ।
प्रगतिशील लेखक सघंले स्थापना कालदेखि नै सामानतवाद र संसकृतिक मोर्चाका रुपमा काम गर्दै आइरहेको छ ।
बाह्रौँ राष्टिय सम्मेलनको उद्घाटन समारोहमा साहित्य क्षेत्रमा रहनुभएका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। साहित्य सिर्जनात्मक तरिकाले गरिने आन्दोलन रहेको भन्दै कार्यक्रममा कविता वाचन पनि गरिएको थियो।
कार्यक्रममा साहित्यकार कुलप्रसाद खनाल, घनश्याम शर्मा पौडेल, बुँद राना, याेगेन्द्र प्रसाद प्रधान, भेषराज गिरी, सरिता ढकाल लगायतलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।