काठमडाैं । नेपालकाे पत्रकारिता क्षेत्रसँग आवद्ध सम्पादक समाज नेपालले पत्रकारिता अध्ययन गर्नेहरुका लागि सहज बनाउने उद्देश्यले नुवाकोटको शिवपुरी गाँउपालिका ७ सूर्यचौरमा गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र निर्माण सम्पन्न गरेको छ ।
आफ्नै नाममा जग्गा खरिद गरी निमार्ण गरेको भवनको उद्घाटन भएपछि पत्रकारिता क्षेत्रमा नयाँ इतिहास रचिएको सम्मापदक समाजले बताएकाे छ ।
वरिष्ठ पत्रकार गोविन्द वियोगी पशुपति देवपत्तनमा सामाजिक सुधारक तथा मातृभूमि साप्ताहिक र दैनिक जनदूतको प्रकाशनमा दत्तचित्त हुनुहुन्थ्यो । पार्टी पत्रकारिता भयो भने देश विवादतिर जान्छ, विदेशी हस्तक्षेप निम्तिन्छ भन्ने वियोगीको स्पष्ट विचार थियो । पत्रकार महासंघको २०४३ को आन्दोलनपछि महासंघको सभापति बनेर पत्रकारिता क्षेत्रलाई एक सुधारको रुपमा स्थापित गर्न सफल गोविन्द वियोगी एक सच्चा प्रजातन्त्र प्रेमी र राष्ट्रवादी धारका व्यक्तित्वको रुपमा चिनिनु हुन्छ ।
अत्यन्त परिश्रमी र अथक योद्धाका रुपमा स्थापित वियोगीको सम्झनामा सम्पादक समाज नेपालले शिवपुरी ७ सूर्यचौर, नुवाकोटमा निर्माण गरिरहेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रले शनिवार भव्य उद्घाटन गरेको छ । आफ्नै लगानीमा ३० जना बसेर सभा गर्न सकिने हलसहित १० कोठाको व्यावसायिक भवन निर्माण गरेर सम्पादक समाज नेपालले इतिहास रचेको छ ।
उद्घाटन समारोहमा नेपाली काग्रेस प्रवक्ता प्रकाश शरण महतले लोकतान्त्रिक मूल्य मान्यताका लागि सोच परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।
दक्ष पत्रकारिताका लागि अध्ययन नै प्रमुख विषय मान्दै आएको सम्पादक समाजले पत्रकारिता अध्ययन गर्नेका लागि पुस्ताकालय समेत सञ्चालन गर्दै आएको छ । पत्रकारिता सुधारका लागि निजी क्षेत्रको लगानी र निजी क्षेत्र नै सचेतना पूर्वक ढङ्गले अगाडि आउन जरुरी रहेको छ । पत्रकारिता क्षेत्रमा राज्यको लगानी आजको आवश्यकता भएकाे समाजले बताएकाे छ ।
पत्रकारिता क्षेत्रमा अग्रजप्रतिको सबै भन्दा ठूलो योगदान रहेको भन्दै वरिष्ठ पत्रकार टंक पन्तले उक्त भवन स्थापना पश्चात आफूलाई निकै खुशी लागेको बताउनुभयो । पत्रकारिता क्षेत्रका लागि एउटा उदाहरणीय र अनुकरणीय कार्य भएको उहाँको ठम्याइ छ ।
आयोजित विशेष कार्यक्रममा वरिष्ठ पत्रकार मल्ल के सुन्दर, हिमालय टेलिभिजनका समचार प्रमुख राजेन्द्र बानियाँ, जनता टेलिभिजनका समाचार प्रमुख वरिष्ठ पत्रकार टंक पन्त, राससका सम्पादक विष्णु नेपाल लगायतलाई सम्मान गरिएको थियो ।
धेरै दु:खका बाबजुद भवन निर्माण भएको किरण वैद्यले बताउनुभयाे ।