काठमाडाैं । जेन कवि कृष्ण प्रसाईंको घामको आयु नामक जेन कविता संग्रहको लाेकार्पण गरिएकाे छ । आज (आइतवार) कविता संग्रहकाे इलामको सुर्योदय नगरपालिका अन्तर्गत श्री अन्तुमा लाेकार्पण गरिएकाे हाे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यय प्रेझित' लगायत देवकोटा लु सुन प्रज्ञा प्रतिस्ठानका अध्यक्ष निनु चापागाईं, भारत सिक्किमका पूर्वसचिव किरण रसाइली, सिक्किम सरकारकी पिछडा वर्ग आयोगकी चेयरमेन पवित्रा भण्डारी, प्रसिद्ध भारतीय महाकाव्यकार मोहन दुखुन, सिक्किमका एक दर्जन मिडियाकर्मी र मिडिया हाउसका सञ्चालक, सिलगढी भारतका चर्चित नेपाली र हिन्दी कविहरू र नेपालका केही पत्रकारहरूले संयुक्त रूपमा उदाउँदो घाम र कञ्चनजञ्घालाई देखाएर कृतिको लाेकार्पण गरिएकाे हाे ।
उक्त पुस्तक दुई महिना अघि श्रीलंकाली सिङ्हाला भाषामा समेत प्रकाशित भइसकेको छ।
अघिल्लो दिन मात्र नेपाल र भारतका विभिन्न ३० कविहरूले कविता वाचन गरेका थिए ।
उक्त सम्मेलनको आयोजना देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानले गरेको थियो भने स्थानीय स्तरमा गणेश रसिक फाउन्डेसनले गरेको थियो।
समारोहमा भारतका कवि मोहन दुखुनलाई पाचास हजार राशिको पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय र विशेष अतिथिमा संगीतकार गणेश रसिक रहनुभएकाे थियाे ।