काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा–काठमाडाैं सम्पर्क मञ्च गठन भएको छ ।
काठमाडाैं बसोबास गर्ने नेकपा एकीकृत समाजवादीहरूको भेलाले ३५ सदस्यीय झापा काठमाडाैं सम्पर्क मञ्चको गठन गरेको हाे ।
मञ्चकाे अध्यक्षमा अधिवक्ता कृष्ण न्यौपाने, उपाध्यक्षमा जोगेन्द्र प्रसाद चौंलागाईं र सरू रिजाल चयन भएका छन् । त्यस्तै, सचिवमा घनश्याम रिसाल, सहसचिवमा बालकृष्ण गौतम, एङ्गीस प्रधान, बलराम आचार्य र कोषाध्यक्षमा जिनत शेख चयन भएका छन् ।
भेलामा केन्द्रीय सदस्यद्वय केदार संजेल र अशेष घिमिरेले मन्तव्य राखेका थिए । केन्द्रीय सदस्य अशेस घिमिरेले झापा दक्षिणपन्थीहरूको जिल्ला नभइ क्रान्तिकारीहरूको किल्ला भएकाे बताउनुभयाे । उहाँले एकीकृत समाजवादीमार्फत कम्युनिष्ट आन्दोलन पुनर्गठन गरी देशको पहिलो पार्टी बनाउन जनतालाई संगठित गर्दै क्रियाशील हुन आह्वान गर्नुभयाे ।
निर्वाचित कमिटीलाई शपथ गराउदै केदार सञ्जेलले झापा–काठमाडाैं सम्पर्क मञ्चले यो स्थानीय चुनावमा कलम चिन्हलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयाे ।
भेलामा एकीकृत समाजवादीकाे निर्वाचन आयोग सदस्य खेमराज पौडेल, पेशागत जिल्ला कमिटीका अध्यक्ष सूर्य खत्री, सम्पर्क कमिटिका नेताहरू अमर राउत, भुपालराज श्रेष्ठ, कमल सापकोटा, तिलक लोहनी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।