राज दयाल
ओखलढुंगा । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलमा एक पालिका प्रमुखसहित माओवादी केन्द्रले पाएको छ । लामो समयको पटक पटकको छलफलपछि दुई दलबीच पद बाँडफाँड गरेर चुनावमा जाने निर्णय भएको हो ।
दुई दलबीच भएको चुनाव केन्द्रित गठबन्धनमा चिसंखुगढी गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पाएको छ । त्यस्तै, सिद्धिचरण नगरपालिका, लिखु गाउँपालिका, मोलुङ गाउँपालिका र चम्पादेवी गाउँपालिकामा माओवादीले उपप्रमुख पाएको स्रोतले जनाएको छ ।
बाँकी सुनकोशी, खिजीदेम्बा र मानेभञ्ज्याङ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै कांग्रेसका रहनेछन् । पालिका स्तरमा भएको दुई दलको गठबन्धनमा कांग्रेसले उम्मेदार टुङगो लगाइ सकेको छ ।
जस अनुशार सिद्धिचरण नगरपालिका प्रमुखमा तेजन खनाल (तेजेन्द्र), सुनकोशी प्रमुखमा कमल तामाङ, उपप्रमुखमा सुनिता अधिकारी चयन भएका छन् ।
त्यस्तै, लिखु प्रमुखमा अशोककुमार कार्की, मोलुङ प्रमुखमा प्रकाश दाहाल, मानेभञ्ज्याङ प्रमुखमा ज्ञानेन्द्र रुम्दाली र उपप्रमुखमा मायाँ राई चयन भएका छन् ।
त्यसैगरी, चम्पादेवी प्रमुखमा नवराज केसी, खिजीदेम्बा प्रमुखमा भुपेन्द्र बस्नेत र उपप्रमुखमा शुसिला तामाङ र चिसंखुगढीमा सन्तोष बाबु थापालाई चयन गरिएको स्रोतले जानकारी दिएको छ । गठबन्धमा रहेको माओवादी केन्द्रले भने चिसंखुगढी प्रमुखमा बाहेक अझै उम्मेदवार सार्वजनिक गरेको छैन ।
चिसंखुगढीमा माओवादी केन्द्रबाट यस अघिका गाउँपालिका प्रमुख निशान्त शर्मालाई चयन गरिएको छ । यद्यपी उम्मेदवार टुङगो लगाउने काम भने अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सहईन्चार्ज खड्ग योगी अनिलले जानकारी दिनुभयो ।
उहाँका अनुसार लिखुमा पुन: अन्य दलसँग पनि गठबन्धनमा समेत जान सकिने विषयमा छलफल जारी छ ।