राज दयाल
ओखलढुंगा । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक मतदान प्रयोजनका सामग्री आईपुगेको छ । निर्वाचन आयोगले पठाएको उक्त सामग्रीहरु आज (सोमबार) बिहान जिल्ला निर्वाचन कार्यालयमा आईपुगेको हो ।
निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक पर्ने झन्डै ६१ प्रकारका सामग्रहीहरु आज बिहान मात्रै जिल्ला आईपुगेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुशार मतदानका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचय पत्र, मतपेटिका, छेकबार, सेक्युरीटी सिल, स्वस्तिक छाप, स्टयाम्प मसी, मार्कर, कैँची, स्टयाम्प प्याड, स्टिच, स्टिच पिन, प्लाष्टिकका बोरा,प्लास्टिकका थैलो, पन्चिङ मेसिन लगायतका सामग्री जिल्लामा पठाईएको छ ।
मतदान केन्द्रमा आवश्यक पर्ने उक्त सामग्रीहरु आउँदो २० गते मतदान अधिकृत नियुक्ती गरेर तालिम पश्चात उनिहरुको जिम्मेवारीमा केन्द्र केन्द्रमा पुर्याईने छ ।
जिल्लामा यस पटकको स्थानीय तहको निर्वाचनका लागि ७९ मतदान स्थल र १ सय ५० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।