काठमाडाैं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि १६ हजार बढीले उम्मेदवारी दिइसकेका छन्। निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १२ बजेसम्ममा १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका हुन्।
आयोगले दिएकाे पछिल्लाे जानकारी अनुसार प्रमुखमा ७६८, अध्यक्षमा ६१४, उपप्रमुखमा ३८३, उपाध्यक्षमा ३३४, वडाध्यक्षमा ४ हजार ४३९, महिला सदस्यमा २ हजार ५४१ र दलित महिला सदस्यमा २ हजार ५९ जनाले उम्मेदवारी दिएका हुन्।
काठमाडौंमा २०३ जनाको उम्मेदवारी परेको छ। प्रमुखमा ५८, उपप्रमुखमा २२, वडाध्यक्षमा ६३, महिला सदस्यमा १४, दलित महिलामा ७ र सदस्यमा ३९ जनाको उम्मेदवारी परेको हो।
भक्तपुरमा १५ जना प्रमुख, ४ जना उपप्रमुख, १७ जना वडाध्यक्ष, एक जना महिला सदस्य र तीन जना सदस्य गरी जम्मा ४० जनाको उम्मेदवारी परेको छ।
त्यस्तै, ललितपुरमा प्रमुखमा १३ जना, अध्यक्षमा १ जना, उपप्रमुखमा ५ जना, वडाध्यक्षमा ३५ जना, महिला सदस्यमा १७ जना, दलित महिला सदस्यमा ६ जना र सदस्यमा ४१ जनाको गरी जम्मा ११८ जनाको उम्मेदवारी परेको हो।
आयोगले सोमबार साँझ ५ बजे सम्म मनोनयन दर्ताको समय तोकेको छ। आजै उम्मेदवारी दर्ता भएका नामावली सूची प्रकाशन गर्ने आयोगको तयारी छ।