काठमाडौं । आसन्न स्थानीय निर्वाचनका लागि बाँकेको सबै आठ स्थानीय तहमा उम्मेद्वारी परेको छ। एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाको लागि मात्र १८ जनाले प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेद्वारी दिनुभएको छ।
कोहलपुर नगरपालिकामा प्रमुखका लागि १५ र उपप्रमुखका लागि १० ले मनोनयन दर्ता गराउनुभएको छ। खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि ९ र उपाध्यक्ष पदका लागि ६, जानकी गाउँपालिकाकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ८ जनाले मनोनयन दर्ता गर्नुभएको छ।
डुडुवा गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ। यस्तै जिल्लाको दुर्गम मानिने नरेनापुर गाउँपालिकाको अध्यक्षका लागि ४ र उपाध्यक्षका लागि ५ जनाको मनोनयन दर्ता भएको छ।
बैजानाथ गाउँपालिकाको अध्यक्षको लागि ९ र उपाध्यक्षको लागि ५ जनाको उम्मेद्वारी दर्ता भएको छ।
राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जनको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमाले, राप्रपा, जनमोर्चा नेपाललगायत स्वतन्त्र रुपमा पनि उमेद्वारी दर्ता भएको छ।
वडाअध्यक्षमा सबैभन्दा बढी ११ जना र कममा दुई जनाको उमेद्वारी परेको छ। जिल्ला निर्वाचन अधिकारी रमा पन्तले आज उमेद्वारी उपर उजुरी विरोधको कार्यक्रम रहेको जानकारी दिनुभयो।