काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को संकल्प व्यक्त गर्नुभएको हो ।
सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, सम्पदा र सुरक्षा, सबल र समुन्नत पूर्वाधार र सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगर लगायतका मुख्य बुँदामा आधारित प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको हो ।
काठमाडौं महानगर प्रमुख पदको उम्मेदवारी दिदै गर्दा विपि, किसुनजी, गणेशमान सम्झन चाहन्छु, उहाँले भन्नुभयो, 'म गणेशमान र मंगलादेवीको बुहारी हुँ ।'
आफू निर्वाचित भइसकेपछि सबैभन्दा पहिले भ्रष्टाचारमुक्त सेवा र सुविधा उपलब्ध गराउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ ।