रामेछाप । सुनापति गाउँपालिकाले पालिकाद्वारा प्रकाशित ‘सुनापति दर्पण’ नामक स्मारिका सार्वजनिक गरेको छ । स्मारिकाको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
स्मारिकामा विसं २०७४ मा निर्वाचित जनप्रतिनिधिले पालिकास्तरमा गरिएको विकास, निर्माण तथा विभिन्न जनसेवाका कार्यहरुका प्रस्तुत गरिएको छ ।
त्यस्तै, पालिकामा भएका स्वास्थ्य, शिक्षा, महिला आत्मनिर्भरताका लागि भए गरेका प्रयासहरु, विभिन्न सिपमुलक तालिमहरु, सामाजिक सुरक्षा बालबालिका तथा जेष्ठ नागरिकहरुमा सम्मान, सामान वितरण तथा नगद सहयोगसम्बन्धी भएका प्रगतिहरु उल्लेख गरिएको छ ।
पालिकामा आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्ष, पर्यटन, खेलकुद तथा विकास निर्माणलगायत सांस्कृतिक सम्पदा संरक्षका कार्यमा उल्लेख्य प्रगति भएको पालिका अध्यक्ष धावा लामाले बताउनुभयो ।
त्यस्तै, पर्यटनको विकासका लागि सुनापतिलाई पर्यटन हब बनाउने गरी ‘सुनापति पर्यटन स्थल’ निर्मानाधिन रहेको पालिका उपाध्यक्ष गीता बिष्ट चौलागाईँले जानकारी दिनुभयाे।