चितवन । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन आइसक्नुभएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का उपाध्यक्ष शुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन आपुग्नुभएकाे हाे ।
दाहाल बुधबार चितवन आउनुभएकाे हाे। । उहाँ गृह जिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको बताइएकाे छ। उहाँको मतदान स्थल भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदान स्थलमा १ हजार ६ सय ७८ जना मतदाता रहेका छन् ।
यस्तै, नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको भण्डाराबाट मतदान गर्दै हुनुहुन्छ। उहाँले भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्दै हुनुहुन्छ। सो मतदान स्थलमा ३ हजार ६५ जना मतदाता रहेका छन् ।
यस्तै, एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका वडा नम्बर १० बाट मतदान गर्दैहुनुहुन्छ। भरतपुर महानगरपालिका वडा नम्बर १० को नारायणी नमुना माध्यामिक बिद्यालयबाट मतदान गर्ने कार्यक्रम रहेको छ। सो मतदान स्थलमा ५ हजार ८ सय ३६ जना मतदाता रहेका छन् ।
एमाले नेताहरु निर्वाचनको प्रचार प्रसारमा जिल्लामा आएर बस्नु भएको थियो । जिल्लाको स्थानीय तहको निर्वाचन पेचिलो बनदै जाँदा मौन अबधिमा जिल्लाका शिर्ष नेताहरु आएर बस्नुलाई महत्वका साथ हेरिन्छ । यसै, बीच भरतपुरका गठबन्धनका मेयरका उमेदवार रेणु दाहालले भरतपुर १४ स्थित सुन्दरबस्तीबाट र एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर १२ स्थित मोहन माविबाट मतदान गर्नुहुने भएकाे छ।