धादिङ । बैशाख ३० गते देशभर सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । धादिङमा १३ स्थानीय तहको १०४ वडामा ८८ वटा वडाको रहेको मतपरिणाम आइसकेको छ ।
हालसम्म माओवादी केन्द्रले २८, कांग्रेसले २८, एमालेले १७, एकीकृत समाजवादीले ६,राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेका छन् ।
थाक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा, थाक्रे गाउँपालिका–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ, थाक्रे गाउँपालिका–३ मा माओवादी केन्द्रका बिजय तामाङ, थाक्रे गाउँपालिका वडा नं ४ मा एकीकृत समाजवादीका आशाराम तामाङ, थाक्रे गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका सन्त बहादुर वाईबा, विजयी भएका छन् ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा, सिद्वलेक गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ, सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी, सिद्धलेक गाउँपालिका वडा न ४ मा नेकपा एमालेका झक बहादुर थापामगर, सिद्धलेक गाउँपालिका वडा न ५ मा माओवादी केन्द्रका बुद्ध घले, सिद्धलेक गाउँपालिका वडा न ६ मा एमालेबाट सुरेन्द्र मगर विजयी भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट, त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री, त्रिपुरासुन्दरी गाउँपालिका वडा न ३ मा एमालेका कमल बहादुर थापा, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका कुश बहादुर सिटौला विजयी भएका छन् ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी, ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा कांग्रेसका राजु लोप्पा, ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङज्वालामुखी गाउँपालिका वडा नं ५ मा कांग्रेसका टंकप्रसाद काप्री, ज्वालामुखी गाउँपालिकावडा नं ६ मा काँग्रेसका किशोर सेढाई, ज्वालामुखी गाउँपालिका वडा नं ७ मा कांग्रेसका ज्ञानेन्द्र प्रसाद खकुराल, विजयी भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ, बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल, बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी, बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ को वडाध्यक्षमा माओबादी केन्द्रका राजु बहादुर मगर, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल, बेनिघाट रोराङ गाउँपालिका वडा नं। ६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल, बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत, बेनिघाट रोराङ गाउँपािलका ८ मा माओवादी केन्द्रका राज कुमार श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका वडा नं। ९ मा एमालेका भिमसेन खड्का, बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा कांग्रेसका बिकास चेपाङ विजयी भएका छन्।
गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा, गंगाजमुना गाउँपालिका–२ काँग्रेसका बलबहादुर तामाङ, गंगाजमुना गाउँपालिका वडा नं ६ मा एमालेका रमेश ढकाल, गंगाजमुना गाउँपालिका वडा नं ७ मा एकृकित समाजबादीका रविन अधिकारी, विजयी भएका छन् ।
नीलकण्ठ नगरपालिकाको वडा नं १ मा माओवादी केन्द्रका गणेश गुरुङ, निलकण्ठ नगरपालिका वडा नं २ अध्यक्षमा माओवादि केन्द्रका ध्वज बहादुर गुरुङ, नीलकण्ठ नगरपालिका वडा नं ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार हरी श्रेष्ठ, निलकण्ठ नगरपालिका वडा नं ५ मा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा नं ७ मा कांग्रेसका गौतमहरी अधिकारी, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा न ९ मा काँग्रेसमा राजन बराइली, नीलकण्ठ नगरपालिका वडा नं १४ मा माओवादी केन्द्रका नवराज दुवाडी विजयी भएका छन् ।