काठमाडौं । जिल्लाका एक महानगरपालिका र १० नगरपालिकामध्ये नगरपालिकाहरूकाे मत परिणाम सार्वजनिक भइसकेकाे छ । काठमाडाैं महानगरपालिकाकाे मत गणना जारी छ । प्राप्त पछिल्लाे मत परिणाम अनुसार १० वटा नगरपालिकामध्ये नेपाली कांग्रेसले सात पालिकाकाे नेतृत्वमा विजय हासिल गर्न सफल भएकाे छ ।
त्यस्तै नेकपा एमालेले दुई पालिकामा मात्र नेतृत्व लिन सफल भएकाे छ । एउटा पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेकाे छ ।
गठबन्धन गरेर चुनावी तालमेल गरेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने काठमाडाैंमा नेतृत्व स्थापित गर्न असफल भए । यस निर्वाचनमा कांग्रेसले फाइदा उठाएकाे छ भने एमालेले केही स्थान गुमाएकाे छ ।
कुन पालिकामा कुन पार्टीका काे विजयी भए ?
१. दक्षिणकाली नगरपालिका
प्रमुख मोहन बस्नेत –कांग्रेस
उपप्रमुख बसन्ती तमाङ –कांग्रेस
२. किर्तिपुर नगरपालिका
प्रमुख राजकुमार नकर्मी –कांग्रेस
उपप्रमुख शुभलक्ष्मी शाक्य –कांग्रेस
३. तारकेश्वर नगरपालिका
प्रमुख कृष्णहरि महर्जन –कांग्रेस
उपप्रमुख सृजना बुर्लाकोटी –कांग्रेस
४. कागेश्वरी नगरपालिका
प्रमुख उपेन्द्र कार्की -कांग्रेस
उपप्रमुख शान्ता थापा -एमाले
५. गोकर्णेश्वर नगरपालिका
प्रमुख दीपक रिसाल -कांग्रेस
उपप्रमुख सान्नानी लामा –एमाले
६. चन्द्रागिरि नगरपालिका
प्रमुख घनश्याम गिरी -कांग्रेस
उपप्रमुख बसन्ती श्रेष्ठ -एमाले
७. नागार्जुन नगरपालिका
प्रमुख मोहनबहादुर बस्नेत -कांग्रेस
उपप्रमुख शुसिला अधिकारी -एमाले
८. बूढानीलकण्ठ नगरपालिका
प्रमुख मिठाराम अधिकारी -एमाले
उपप्रमुख अनिता लामा -एमाले
९. टोखा नगरपालिका
प्रमुख प्रकाश अधिकारी –एमाले
उपप्रमुख मुरारी तामाङ –कांग्रेस
१०. शंखरापुर नगरपालिका
प्रमुख रमेश नापित -राप्रपा
उपप्रमुख सुमिता श्रेष्ठ -कांग्रेस