अनिल यादव
नवलपरासी । गत बैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तह निर्वाचनमा नवलपरासी पश्चिमको वडाहरुमा नेपाली कांग्रेसले सबैभन्दा बढी विजयी हासिल गरेको छ । सात स्थानीय तहको ७४ वटा वडामध्ये नेपाली कांग्रेसले ३४ वटा वडामा कब्जा जमाएको हाे ।
बाँकी रहेका वडाहरुमा अन्य पार्टीहरुको उम्मेदवारहरु विजयी भएका छन्, जसमा नेपाली कांग्रेसले रामग्राम नगरपालिको ६ वडामा विजयी हासिल गरेको छ । अन्य १२ वडामध्ये जनता समाजवादी पार्टी नेपालले ६, राप्रपा ३, नेकपा एमाले २ र स्वातन्त्र १ जनाकाे विजय हासिल भएकाे छ ।
यस्तै, सुनवल नगरपालिको १३ वडामध्ये नेपाली काग्रेस ५, नेकपा एमाले ७ र माओवादी केन्द्रले १ वडामा जित हासिल गरेकाे छ । बर्दघाट नगरपालिकामा नेपाली काग्रेस ११, नेकपा एमाले ३, एकीकृत समाजवादी १ र १ जना स्वातन्त्र विजयी भएका छन् ।
त्यस्तै, गाउँपालिकाहरुमा पाल्हिनन्दन गाउँपालिकाको ६ वडामा २ वटा नेपाली कांग्रेस, ३ वटा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एउटा वडामा जित हासिल गरेकाे छ ।
सरावल गाउँपालिकाको ७ वटा वडामध्ये कांग्रेसले ३, नेकपा एमाले २, राप्रपा र माओवादी केन्द्रले एक एक वडामा जित हासिल गरेका छन्। प्रतापपुर गाउँपालिकाको ९ वडामध्ये कांग्रेस ४, राप्रपा २, माओवादी, जनता प्रगतिशील र एमालेले एकएक वडामा जित हासिल गरेका छन् । सुस्ता गाउँपालिकाको ५ वटा वडामध्ये ३ वटा कांग्रेस र २ वटा एमालेले जितेको छ ।
यसैबीच २ गाउँपालिकाको प्रमुख र उप्रमुखमा विजयी भएको कांग्रेसले १ नगरपालिकाको गठबन्धनमा प्रमुख पदमा विजयी भएको छ भने एक्लै भिडेको एउटा गाउँपालिकाको उप्रमुखमा विजयी भएको छ ।
बर्दघाट नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धनमा लडेको कांग्रेसले प्रमुख पदमा विजयी भएको छ । यस्तै २ वटा गाउँपालिका प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा पनि कांग्रेसनै विजयी भएको छ ।
त्यस्तै, पाल्हिनन्दन गाँउपालिका उप्रमुख पदमा विजयी भएको छ ।