काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा भष्ट्राचारको प्रवर्द्धनात्मक नीति अख्तियार गर्ने लेखिएकोमा त्यसले समग्र नीति कार्यक्रमलाई विम्बित गरेको आरोप लगाउनुभएको छ ।
नीति तथा कार्यक्रमको बुदाँ नं १३६ मा भष्ट्राचारमा प्रवर्द्धनात्मक नीति लेखिएकोमा त्यसको आलोचना गर्नुभएको छ ।त्यस्तै, उहाँले नीति तथा कार्यक्रमको बुदाँ नं ९ मा १० महिनामा ६ सय ३८ मेगावाट विद्युत थपिएको बताईरहदाँ ३८ रुपैयाँ युनिटमा विजुली किनेर जनताको ढाड सेकिएको भएकाले कुन आयोजना बाट उत्पादन भएको हो नखुलेको बताउँदै यो मिथ्यांक भएको दाबी गर्नुभएको छ ।
उहाँले यो नीति तथा कार्यक्रम चास्निमा नडुबाएको जेरी जस्तो भएको र शब्दजालमा भुलाउने वाक्यांश भएको कहाँबाट सुरु भएर कहाँ जाने नबताएको र कुन सुविधाको प्रयोग गर्न यि कार्यक्रम ल्याईएको हो त्यो भने नखुलेको बताउनुभएको छ ।
समग्रमा निर्वाचन, प्रतिपक्षीलाई सद्भावमा लिएर निर्वाचन नभएको तर नीति तथा कार्यक्रमबाट सद्भाव र सहकार्य खोजिएको र त्यो स्वभाविक नभएको अभिव्यक्ति उहाँले व्यक्त गर्नुभएको छ ।
निर्वाचन जस्तो हुनुपर्थ्याे त्यसो हुन नपाएको जनताले चाहेको जस्तो हुन नपाएको र सत्ता पक्षले राज्य शक्तिको आडमा बुथ कब्जा गर्दा समेत प्रहरी निरिह बसेको जस्तो आरोप उहाँले लगाउनुभएको छ । उहाँले भोट हाल्नसम्म जान नपाएको, सत्ता पक्षका राजनीतिक नेताहरुले निर्वाचनलाई प्रभावित गर्ने भाषण दिने गरेको, कतिपय उम्मेदवारको घरमा बम विस्फोट, कतिपयको मृत्यु गरिएको बताउँदै निर्वाचन पञ्चायति समयमा भन्दा पनि स्वच्छ र भयरहित वातावरण हुन नसकेको अभिव्यक्ति दिनुभएको छ ।
उहाँले चरम अपरिपक्व र उत्ताउलो विदेश नीति अख्तियार गरेको आरोप समेत लगाउनुभएको छ । बहुपक्षीय र द्धिपक्षीय प्लेटफार्ममा समेत देशको उपस्थिति कमजोर बनाएको र छिमेकीसँग नै पक्षधरता कायम गरेको बताउनुभएको छ ।
उहाँले एक चीन नीतिको पक्षमा सरकार हो कि होईन जवाफ दिनुपर्ने बताउनुभएको छ । त्यस्तै, उहाँले नेपाली कांग्रेस सरकारमा जादाँ हरेक पटक स्रोत र साधनमा एकलौटी निर्णय गर्ने गरेको बताउँदै अरुण चौथोको सम्बन्धमा समेत प्रतिपक्ष, संसद र विज्ञ कसैलाई पनि खबर नभएको बताउनुभएको छ ।