हस्त चौलागाँई
कालिकोट । बालवालिकाको अधिकार तथा रिपोटिङ्गका लागि पत्रकारहरुलाई दुई दिने तालिम मान्ममा शुरु भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा) नेपालको सहजिकरणमा अभिमुखीकरण शुरु भएको हो ।
जिल्लामा कार्यरत सञ्चारकर्मी तथा मिडियाकर्मीहरुलाई तालिम दिइएको छ ।
बाल अधिकार, बाल संरक्षण, वकाल, पैरवी र रिपोटिङ्ग सम्बन्धी पत्रकारहरुका लागि २ दिने अभिमुखीकरणमा १३ जना पत्रकारहरु उपस्थित रहेका छन् ।
बालबालिकाहरुको विभिन्न अधिकार तथा बालबालिकाको क्षेत्रमा रिपोटिङ्ग गर्दा ध्यान दिनु पर्ने कुरा र समुदायले बालबालिकालाई गर्ने ब्यहावर र पत्रकारले खेल्ने भुमिकाका विषयमा पत्रकारहरुलाई अभिमुखीकरण दिइएको हो ।
२ दिने तालिममा इन्सेक प्रतिनिधि तथा पत्रकार कालीबहादुर मल्लले कार्यक्रमको प्रशिक्षण गर्ने भएका छन् । सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) का अनुगमन तथा मुल्यांकन अफिसर नमराज योगीले विगत लामो समयदेखि सादा नेपालले बालवालिकाको क्षेत्रमा विभिन्न क्रियाकलाप संचालन गदै आएको ब्यहोरा जानकारी गराउदै पत्रकारहरुले पनी बिशेष गरी बाल अधिकार, बालसंरक्षण, वकालत पैरवीका क्रियाकलापमा जोड दिनु पर्ने बताएका छन् ।
सञ्चारकर्मी तथा मिडियाकर्मीहरुले बालबालिकाको क्षेत्रमा काम गर्दै तथा रिपोटिङ्ग गर्दे आएको कुरा अवगत गराउदै अझै सक्रिय भएर लाग्न समेत आग्रह गरेका छन् ।
२ दिने तालिममा प्रशिक्षण कालिबहादुर मल्लले बाल अधिकार र बाल संरक्षण सम्वन्धी रिपोटिंग, आचारसंहिता, बाल विवाह न्यूनिकरण रणनीति, बालहिंसा, दुर्व्यवहार अन्त्यका लागि कानूनी ब्यवस्था, पत्रकार आचार संहिताका विषयमा १३ जना पत्रकारहरुलाई अभिमुखीकरण दिने छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले सादा नेपालले बालबालिकाको क्षेत्रमा काम गर्दै र पत्रकारहरुलाई विभिन्न तालिम दिँदै आएकाले धन्यवाद आभार ब्यक्त गदै महत्वपूर्ण तालिममा पत्रकारहरुले नतमस्तक भएर सिक्न अनुरोध गरेका छन् ।