काठमाडाैं । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।
आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर बताइएकाे छ । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर-५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरिन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र पर्दा च्यातेको बताइएको छ ।
घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ । गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । उक्त तस्वीरसहितको समाचार विभिन्न अनलाइनमा प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए । साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् ।
विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् ।
सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् विमला
नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।
राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पाइ ‘खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताइन् । विमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको घटनास्थलमा पुगेकाले बताएका छन् ।
नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् । एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।