काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (डब्लूयुटिएफ) समन्वय समिति नेपालले इटली घोषणपत्र सार्वजनिक गरेको छ । समितिले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच गत मे ५ देखि ७ सम्म इटलीमा सम्पन्न भएको १८औँ विश्व सम्मेलनबाट परित मजदुरवर्गीय नीति कार्यक्रम र साम्राज्यवाद एवं दलाल पुँजिबादीहरुबाट मजदुरमाथि भएको दमन र शोषनविरुद्ध सम्झौताविहीन संघर्षबारे इटली घोषणपत्र सार्वजनिक गरिएको हो ।
कार्यक्रम विश्व ट्रेड युनियन महासंघका नव निर्वाचित प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयोजक प्रेमल कुमारखनालको अध्यक्षता र नेपालको सार्वभौमिकता स्वाभिमान राष्ट्रियताको रक्षा र प्राध्यापक डा युवराज संग्रौलाको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा विश्व ट्रेड युनियन महासंघको आर्थिक नियन्त्रण कमिटी सदस्य मोहन मान स्वाँर, विश्व ट्रेड युनियन महासंघमा आवद्ध ८ वटै ट्रेडयुनियन महासंघ र राष्ट्रिय घटकहरु, ट्रेड युनियन इन्टरनेशनलका पदाधिकारीहरु उपस्थिति रहेको कार्यक्रममा वीर शहीदहरुप्रति सम्मान ब्यक्त, अन्तर्राष्ट्रिय श्रमिक गीत प्रस्तुत गरिएको थियो।
विश्वसाम्राज्यवादी र दलाल पुँजिवादी शक्तिहरुबाट अधिक नाफाका लागि अधिकत्तम प्राकृतिक श्रोत साधनको दोहन गरी पर्यावरणको क्षति गराएकाले आज मानवजातिको अस्तित्वनै पर्यावरणीय जोखिमबाट महासंकट भोगिरहेको स्मरण गर्दै पर्यावरणको रक्षाका लागि सन्देश प्रवाह गर्न गमलाको बिरुवामा पानी सिंचित गरी अध्यक्ष खनालले उद्घाटन गर्नुभएकाे थियाे ।
कार्यक्रममा मोहनमान स्वाँरले विश्व ट्रेडयुनियन महासंघको १८ विश्वसम्मेलन कोभिड १९ को संक्रमणबाट उत्पन्न जोखिमयुक्त परिस्थितिमा पनि निर्धारित समयमै भव्य रुपमा सम्पन्न भएको र सम्मेलनको समसामयिक पृष्ठभूँमि र साम्राज्यवादी शोषणविरुद्ध श्रमिक मजदुर वर्गको सामाजिक न्यायिक, सुरक्षा र पर्यावरण संरक्षण नीतिबारे पारित गरिएका समसामयिक विषयहरुबारे प्रस्तुत गर्नुभएको थियाे । अठारौं बिश्वसम्मेलन बाट पारित नीति कार्यक्रम र भावि कार्यदिशा बारे आधिकारिक घोषणाको नेपाली अनुबाद प्रस्तुत गर्नुहुदै महत्वपुर्ण बिषय सबाल र बिचारहरु मुल रुपमा साम्राज्यबादि पुजिवादी हस्तक्षेप र शोषण उत्पिडन दमनका बिरुद्धको जुझारु संघर्ष आजको श्रमिक मजदुर बर्गको जिम्मेवारी रहेको बिचारहरु प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमका विशेष बक्ता प्राध्यापक डा युवराज संग्रौलाले वामपन्थी वा कम्युनिष्ट निष्टा विचार र दर्शन व्यवहार संस्कारहरुबाट च्युत हुँदै गएको कारण राष्ट्रले धेरैकुरा गुमाउदै जानु परेकाे बताउनुभयाे । उहाँले अब सबै सचेत भएर आफ्नो नेतृत्वलाई पनि खबरदारी गर्दै राष्ट्र, राष्ट्रयिताको पक्षमा, अमेरिकन साम्राज्यवादी हथकन्डाहरु एमसीसी, आइपिएस र सुरक्षा स्टेटपार्टनरसिप संझौता (सपिए) जस्ता निकै घाती कदमहरुका विरुद्ध सबै मिलेर संघर्ष गर्न जाेड दिनुभयाे । यसाे नगरे मुलुकको अस्तित्व नै संकटमा पर्ने भएकोले हामीले साँचिकै समाजवादी विचारमा र कम्युनिष्ट विचारधारा आत्मैदेखि मान्ने हो भने हामीहरुको चरित्र व्यवहार र संस्कार सबै कम्युनिष्ट सिद्धान्तनिष्ट हुनेगरी बदल्नु पर्ने उहाँकाे भनाइ थियाे ।
उहाँले देखावटी पपुलरारिटीबाट परिवर्तन असम्भव रहेको विचार व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रमको सञ्चालक अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक)का अध्यक्ष एवं समन्वय समितिका महासचिव लोकराज भुसालले कार्यक्रममा सहभागि सबै अतिथि सहभागि कमरेडहरुलाइ राष्ट्रघाति एमसीसी र आइपिएस, सुरक्षा स्टेट पाट्नरसिप जस्ता निकै राष्ट्रघाति कदमहरुको विरुद्ध संघर्ष गर्न अनुरोध गर्नुभएकाे थियाे ।
उहाँले राष्ट्रघाति एमसीसी, आइपिएस सम्झौता खारेजिको माग गर्नुभयो ।