लमजुङ । 'लिस्नो साहित्य मञ्ज' काे तेस्रो अधिवेशन तथा छैटौं साधारण सभाले ११ सदस्यी नयाँ कार्यसमिति गठन गरेकाे छ । शनिवार सम्पन्न अधिवेशनबाट काजीराम बस्नेतकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएकाे हाे।
संस्थाका सचिव बासुदेव सेढाईले दिनुभएकाे जानकारी अनुसार संस्थाकाे नयाँ अध्यक्षमा काजीराम बस्नेत, वरिष्ठ उपाध्यक्षमा देवीदास बराल, पुरूष उपाध्यक्षमा बासुदेव सेढाई, महिला उपाध्यक्षमा कमला दनाई रहनुभएकाे छ।
त्यस्तै, सिचवमा नेरदेन तामाङ, सहसचिव सूर्यकला थापा, काेषाध्यक्षमा रामजी बसाैला रहनुभएकाे छ भने सदस्यहरूमा लक्ष्मी श्रेष्ठ, माधव थापा,सीता भण्डारी तथा तीर्थ गुरूङ रहनुभएकाे छ ।
लिस्नाे साहित्यक मञ्च लमजुङका अध्यक्ष बासुदेव थापाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य केयर सिंह गुरुङलाई लिस्नो प्रतिभा पुरस्कारबाट सम्मान गरिएकाे थियाे । त्यस्तै, राम्रा साहित्य रचना गर्ने विद्यार्थीहरूसमेत पुरस्कृत भएका थिए ।
कार्यक्रममा विभिन्न साहित्यक संघ संस्थाका प्रमुख प्रतिनिधिहरू एवं साहित्यक व्यक्तित्वहरूद्वारा रचना वाचन गरिएकाे थियाे ।
गण्डकी प्रदेशसभा सदस्य धनन्जय दवाडीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहजिकरणकाे भूमिका संस्थाका सचिव बासुदेव सेढाईले गर्नुभएकाे थियाे भने संस्थाका संरक्षक वसन्त अधिकारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।
त्यस्तै, अध्यक्षको प्रतिवेदन उपाध्यक्ष काजीराम बस्नेतले प्रस्तुत गर्नुभएकाे थियाे।
कार्यक्रममा संस्थाकाे आजीवन सदस्यकाे प्रमाणपत्र पनि वितरण गरिएकाे थियाे ।