किरण धामी,
डोटी । बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४५ करोड एक लाख २४ हजार बराबरको बजेट ल्याएको छ । शुक्रवार गाउँपालिकाको ११ औँ गाउँ सभा तथा अधिवेशनमा चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ल्याएको हो ।
अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यवको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । जिल्लाका अन्य पालिकाले निर्धारित समयमै बजेट सार्वजनिक गरेपनि बोगटान फुड्सिल गाउँपालिकाले केही ढिलो गरि बजेट सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा रखेको छ ।
त्यस्तै, कृषिमा आत्मनिर्भर बन्न कृषकहरुलाई अनुदान दिने, कृषको साथमा कृषि प्राविधिक अभियानको सुरुवात गरिने, सिँचाइको प्रवर्द्धन गर्ने, उत्पादित वस्तुको बजारिकरण र भण्डारीकणमा सहयोग गर्ने, गाउँपालिका भित्र रहेका धार्मीक तथा पर्यटकिय स्थलको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिने, एक घर एक करेसाबारी कार्यक्रमको सुरुवात गर्ने रहेकाे छ ।
विपन्न परिवारका विद्यार्थीलाई छनोट मार्फत निशुल्का उच्च शिक्षा अध्ययनको कार्यक्रमलाई निरन्तरता दिने खेल मैदान निर्माण भएका वडामा खेलमैदानको स्तरबृद्धी र निर्माण हुन बाँकी वडामा खेलमैदानको निर्माण गरिने, पालिका भरिका तिन विद्यालयलाई तिन तारे विद्यालय घोषण गरिने, गाउँपालिकामा एक जना एमबिबिएस डक्डरको व्यवस्थालाई निरन्तरता दिने, स्वास्थ्य विमा कार्यक्रलाई कार्यान्वयन गर्ने, एक घर एक खानेपानि धाराको निति अवलम्बन गर्ने लगायतका कार्यक्रम गाउँपालिकाले नीति तथा कार्यक्रमा राखेको छ ।