बाजुरा । बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेकाे छ । नगरपालिकाको वडा नम्बर १, २,३,४,७,८, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १ सय १ मत प्राप्त गर्नुभएकाे छ ।
त्यसैगरी, उपमेयरमा नेकपा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले ३ हजार ७ सय ५३ र कांग्रेसकी रीता शाहीले ३ हजार १ सय ५३ मत प्राप्त गर्नुभएकाे छ ।
हालसम्म वडा नम्बर १, २, ३,४,७,८,९ र १० को मत गणना सकिएकाे छ । यी वडामा मध्य १,२,३,९ र १० एमाले विजयी भएकाे छ भने ४,७,८ मा काँग्रेस विजयी भएका छ ।
अब मत गणना ५ र ६ वडा बाँकी रहेको छ। यी २ वडाहरू एमाले कै मुख्य पकेट वडा मानिएको छ।
गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।
मतदानमा ६६.८३ प्रतिशत मत खसेको थियो ।