लमजुङ । जिल्लाकाे सुन्दरबजार ९ स्थित समुताँ गुम्बा परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालको संयोजन, समुताँ गुम्बा समिति र बुद्ध टोल सुधार समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
शान्ति र पवित्राको प्रतिक गुम्बा परिसरलाई हराभरा रमणीय बनाउने उद्देश्यले वृक्षरोपण गरिएको बताइएकाे छ।
समुताँ गुम्बा समिति अध्यक्ष वीर सिंङ्ग घले, गुम्बाका प्रमुख गुरु कर्णु घले, जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एवं अध्यक्ष बासुदेव सेढाई, बुद्ध टोल सुधार समिति अध्यक्ष ज्ञानहरि साप्कोटा, समुताँ तमु समाजका पुर्व अध्यक्ष किर्तिमान गुरुङ, भोटेवडार माने आमा समूह अध्यक्ष बेल कुमारी गुरुङ, समुताँ कोषाध्यक्ष धन बहादुर गुरुङ, सचिव दूधबहादुर घले, सदस्य मनबहादुर गुरुङले गुम्बा परिसरमा वृक्षरोपण गर्नुभयो ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष वीर सिंङ्ग घलेले जीवजगतको रक्षाका लागि वृक्षरोपण महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
प्रत्येक मानिसले वार्षिक न्युनतम एउटा वृक्षरोपण गर्ने र त्यो वृक्षरोपण जन्मदिनमा गर्ने जसले प्रकृति वातावरण संरक्षणका लागि महत्त्वपूर्ण सन्देश दिनेछ त्यहि जन्मदिनमा वृक्षरोपण अभियानको संयोजनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको खुसि प्रकट गर्नुभयो ।
प्रकृतिको संरक्षण स्वच्छ वातावरण र असल संस्कार लाई प्रोत्साहन जन्मदिनमा वृक्षरोपण अभियान उत्कृष्ट अभियान रहेकोले यो अभियानमा साथ सहयोग रहने र गुम्बा परिसरमा हराभरा बनाउन वृक्षरोपण कार्यक्रम गरिएको जानकारी दिँदै उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।
जन्मदिनमा वृक्षरोपण अभियानबारे सबैलाई जानकारी दिनका लागि कार्यक्रममा आमन्त्रण गरेको उहाँको भनाइ थियोे। जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पना कार एवं अध्यक्ष बासुदेव सेढाईले जन्मदिनमा वृक्षरोपण अभियानको सुरुवात, भईरहेका गतिविधि, अभियान संचालन गर्नुको उद्देश्य बारेमा प्रकाश पार्नुभयो यस्तो पवित्र महत्त्वपूर्ण र सन्देशमुलक अभियानमा सहभागी हुन सबैलाई अपिल गर्नुभयो ।
वृक्षरोपण कार्यक्रममा स्थानीय मन बहादुर गुरुङ, मधु साप्कोटा, सुरज घले, तिर्थमाया घले, सुनिल गुरुङ, पदमशाली गुरुङ, हित कुमारी गुरुङ, खोमराज गुरुङ, वीना घले, राम घले, कृष्ण माया घले, लुरि घले लगाएतको उपस्थिति थियोे।
समुताँ गुम्बा समितिका अध्यक्ष वीर सिङ्ग घलेको अध्यक्षतामा कार्यक्रम भएको थियोे भने प्रमुख आतिथ्यता गुम्बाका प्रमुख गुरु कर्णु घलेको थियो ।